आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

संसद विघटन विरुद्ध विपी कोइराला युवा नेतृत्व विकास मञ्चद्धारा महेन्द्रनगरमा प्रदर्शन

सुदुर दृष्टि २२ पुष २०७७, बुधबार १९:५६ मा प्रकाशित ( ७ महिना अघि) ४८२ पाठक संख्या

संसद विघटन विरुद्ध विपी कोइराला युवा नेतृत्व विकास मञ्चद्धारा महेन्द्रनगरमा प्रदर्शन ।।
विपी कोइराला युवा नेतृत्व विकास मञ्च कञ्चनपुरले संसद विघटन विरुद्ध महेन्द्रनगरमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध विपी कोइराला युवा नेतृत्व विकास मञ्चले महेन्द्रनगरमा (आज)बुधबार विरोध प्रदर्शन गरेको हो ।
संसद विघटन, सर्वसत्तावाद, भ्रष्टाचारको विरुद्ध र लोकतान्त्रिक संविधानको पक्षमा ¥यालीसहित विरोध प्रदर्शन गरिएको विपी कोइराला युवा नेतृत्व विकास मञ्चका अध्यक्ष ईन्द्र साउदले बताए । नेपाली कांग्रेस कञ्चनपुरको पार्टि कार्यालय बाट सुरु भएको बिरोध प्रदर्सन महेन्द्रनगर बजार परिक्रमा गरी महाकालि अस्पताल नजिकै रहेको बि.पि. चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै मञ्चका अध्यक्ष ईन्द्र साउदले बर्तमान केपि ओलि सरकारको संसद बिगठन गरेर जनमतको अपमान गरेको बताउनु भएको छ । बाम गठबन्धनको नाममा दुई बटा बाम पार्टिहरु नेकपा एमाले र माओबादि एक ठाउँमा उभिएर जनतालाई गुमराहमा राख्दै जनमत प्राप्त गरेको असर अहिले देखिएको उनको भनाई छ ।
नेपाली कांग्रेस जहिले पनि नेपाली जनता संगै रहने पार्टि भएकाले बर्तमान राजनितिक परिस्थितिको सामना गर्न बिरोधमा उत्रिएको मञ्चका अध्यक्ष साउदले बताए । नेपालीको राजनितिकले आगामि दिनमा फरक मोड लिन सक्ने भएकोले जुनसुकै परिस्थितिको पनि सामना गर्न तयार रहन उहाँले सबैलाई आग्रह गरेका छन ।