आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

जिल्ला सदस्य भट्ट माथि कुटपिट गर्नेलाई कारबाहि गर्न कांग्रेस कञ्चनपुरको माग

सुदुर दृष्टि २२ पुष २०७७, बुधबार १९:५९ मा प्रकाशित ( ७ महिना अघि) ३१६ पाठक संख्या

नेपाली कांग्रेस कञ्चनपुरले जिल्ला कार्य समिति सदस्य भिम राज भट्ट माथि भएको कुटपिटको घटना संलग्नलाई कारबाहिको माग रहेको छ । कांग्रेस कञ्चनपुरले एक प्रेस बिज्ञप्ति जारी गर्दै पौस २२ गते भिमदत्त नगरपालिका १८ निम्बुखेडामा बाटो निर्माणका क्रममा समान्य बिबाद हुदा केहि ब्यक्तिहरुले हुल बाधेर कञ्चनपुर जिल्ला सदस्य भट्ट माथि कुटपिट गर्ने ब्यक्तिहरुलाई पक्राउ गरी कारबाहिको माग गरेको हो ।

बाटो निर्माणका सम्बन्धमा छलफल भईरहेको समयमा बिबाद उत्पन्न हुदा बार्ताका माध्यम बाट अथवा कानुनि माध्यम बाट समस्याको सामाधान गर्नु पर्नेमा हातपातमा उत्रिनु निन्दनिय कार्य भएको र उक्त बिषयमा ध्यानाकर्षण भएको कञ्चनपुर कांग्रेसका सचिब ईश्वरी प्रसाद जोशिद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा उल्लेख गरीएको छ ।
“घटनामा संलग्न ब्यक्तिहरुलाई कडा भन्दा कडाका कारबाहिको माग गर्दै भबिष्यमा त्यस्ता घटना दोहोरिन नदिन समेत चेताबनि दिन चाहान्छौ।” प्रेस बिज्ञप्तिमा उल्लेख गरीएको छ ।