आज: ५ असार २०७८, शनिबार | Sat, 19, Jun, 2021
FLASH NEWS

सिमसार क्षेत्र जोगाउन पलास्टीक जन्य फोहोर सरसफाई गरियो

सुदुर दृष्टि २१ माघ २०७७, बुधबार १३:०४ मा प्रकाशित ( ४ महिना अघि) १८२ पाठक संख्या

 

 

 

 

 

२० माघ कञ्चनपुर
जथाभावी पलास्टीक जन्य फोहर फालिता सिमसार क्षेत्रहरुमा नाकारात्मक असर पर्ने गरेको छ । पदास्टीक नकुहिन फोहर भएकाले हावाले उडाएर र पानीले वगाएर ताल र सिमसार क्षेत्रमा पुग्ने र त्यो सतहमा जम्मा हुदै जांदा सिमासर क्षेत्र सुक्दै जाने भएकाले सिमसार क्षेत्रको संरक्षणका लागी फोहोर व्यवस्थापन मुख्य चुनौती रहेको छ । शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कञ्चनपुरले आज विश्व सिमसार दिवसको अवसरमा निकुञ्नले हेडक्वाटर ,पूर्वीसेक्टरको अर्जुनी र दक्षिण सेक्टरको बेल्डाडीमा पदास्टीक जन्य फोहोर व्यवस्थापन र सरसफाई कार्यक्रमको आयोजना गरि सिमसार दिवस मनाएको छ ।
सेना,सशस्त्र प्रहरी ,सामुदायीक चोरी शिकारी नियन्त्रण समिति र विद्यार्थीहरुको सहभागीतामा शुक्लाफाटा राष्ट्रिय निकुञ्जको हेडक्वाटर मझगाउमा सरसफाई, पूर्वीसेक्टरको अर्जुनीमा बाबा ताल र बरकोला सम्मको वन पथको सरसफाईका साथै पूर्वपश्चिम राजमार्गको स्याली नदि देखी चम्पापुर सम्म सरसफाई र दक्षिण सेक्टरको बेल्डाडीमा कालिकिच तालको र आसपासको सडकको सरसफाई गरिएको निकुञ्जको सहायक संरक्षण अधिकृत रविन चौधरीले वताउनु भएको छ ।
उहांले पलास्टीक जन्य फोहोर हावाले उडेर र पानीसंगै वगेर सीमसार क्षेत्रहरुमा जम्मा हुने र विस्तारै फोहर जम्दै जांदा तालहरु सुक्दै जाने गरेका कारण सीमसार क्षेत्रको संरक्षणका लागी सरसफाई कार्यक्रमको आयोजना गरिएको वताउनु भएको छ । सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको ठाउँ हो । जुन ठाउँ ओसिलो र धापिलो हुन्छ । कञ्चनपुर जिल्लामा प्रशिद्ध वेदकोट ताल,झिलमिला ताल लगाएत एक दर्जन वढि तालहरु भएपनि रामसार सिमसार सुचिमा सुचिकृत भने गरिएका छैन्न ।