आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको कंचनपुरको शुक्लाफाँटामा रक्तदान कार्यक्रम सम्पन्न

सुदुर दृष्टि २५ माघ २०७७, आईतवार २०:५० मा प्रकाशित ( २ महिना अघि) १४४ पाठक संख्या

कंञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारिमा आईतवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान, जिवनदान,भन्ने मुल नाराका साथ नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग द्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।
आईतवार सम्पन्न रक्तदान कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी, राजनितिज्ञ,संचारकर्मी, व्यवसायी, सुरक्षाकर्मी तथा युवा बिद्यार्थी समेतले रक्तदान गरेका हुन्। नेपाल रेडक्रस सोसाईटि उपशाखा झलारिको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाईटि शाखा कंचनपुरको रहेको थियो भने उपशाखा झलारि र नेपाली कांग्रेस शुक्लाफाँटा नगर कमिटिको समुन्वयमा कार्यक्रम सम्पन्न भएको कार्यक्रमका संयोजक तथा नेपाली कांग्रेस खेलकुद विभागका केन्द्रिय सदस्य तारा सिंह भाटले वताए।
रक्तदान कार्यक्रमको उद्घाटन नेपाली कांग्रेस कंचनपुरका सभापति हरि प्रसाद वोहराले गरेका थिए। कार्यक्रममा सम्वोधन गर्दै प्रमुख अतिथि वोहराले देशमा कोभिड महामारीको संकटमा रहेकावेला पर्याप्त मात्रा रगतको संचित गर्न रक्तदानको यो कार्यक्रम प्रशंसनिय रहेको वताउदै सभापति वोहराले भने रगतकै अभावमा अकालमै जो सुकैको पनि मृत्युवरण नहोस भन्ने पवित्र भावनाले मानव जीवन रक्षाकालागि गरिएको रक्तदान कार्यक्रम सराहनीय रहेको वताए।
उनले भने आजको यश अभियानवाट धेरैले नयाँ जीवन पाउन सक्नेछन् भने यो सामाजिक मानविय परोपकारि कार्यले समुदाय स्तरमा पनि रक्तदान प्रतिको चेतना जागृत भई रगत भण्डारणमा वल पुग्ने सभापति वोहराले जनाए।
रक्तदान अभियानमा शुनपा १० का पुर्व वडा अध्यक्ष तेज शाह,कार्यपालिका सदस्य लक्ष्मि शाह,रेडक्रस उपशाखा झलारिका उपसभापति धनेश्वरि भट्ट,रक्तदान कार्यक्रमका सहसंयोजक गोदावरि मार्कण्डा,व्यवसायी भिम वहादुर ऐर,मनोज साउद,गणेश दत्त भट्ट,वविता ऐर,युवा शेर सिंह कार्की,कृष्ण चुनारा,राजन चौधरि,नरेन्द्र चन्द,शुक्लाफाँटा नगरपालिकाका कर्मचारी मिन्नत नरसिंह राणा,गोविन्द साउद,पत्रकार अर्जुन सिंह,वडानं११का युवा दिल वहादुर साउद,दिपेन्द्र जैरू,धनाऐर,युवा जीवन पाण्डे ५,निशाऐर९,देवराज लुहार ४,हरेन्द्र ऐर ६,भिम दत्त पाण्डेय ५, हरिश ऐर ७,आनन्द भाट ७,राजेन्द्र पाण्डेय ८,नारद राना ७, कृण्ण ऐर ७, राजनीतिकर्मी दुर्गाप्रसाद भट्ट ७,करन सिंह ऐर ४,शुनपा २नं वडा अध्यक्ष शिवराज पनेरू, शैलेश्वरि सशस्त्र प्रहरी वल नेपाल ३५नं गण वनसमेतिका जय वहादुर महता लगायतका दशजना सहितका ७० जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटि उपशाखा झलारिका सभापति शेर वहादुर साउदले जानकारि दिए।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव ईश्वरीप्रसाद जोशि, पुर्व सचिव भोजराज वोहरा,शुनपा नगर प्रमुख दिल वहादुर ऐर,नेपाली कांग्रेस खेलकुद विभागका केन्द्रीय सदस्य ज्ञानेन्द्र सिंह,नेका क्षेत्रनंका सभापति दल वहादुर वोहरा,सचिव सुदर्शन ऐर,नेका शुक्लाफाँटा नगर सभापति जय वहादुर विष्ट लगायतको उपस्थिति रहेको थियो।