आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

कञ्चनपुरको धार्मिक पर्यटकीय स्थल लिङ्गामा पुर्बाधार बिकास गरीने ।

सुदुर दृष्टि १५ फाल्गुन २०७७, शनिबार १९:४१ मा प्रकाशित ( ५ महिना अघि) १०८ पाठक संख्या

कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको धार्मिक पर्यटकीय स्थल लिङ्गा क्षेत्रमा पूर्वाधार निर्माण गरिने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लिंगा क्षेत्रमा पूर्वाधार निर्माण गर्न लागिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमसँगको साझेदारीमा सात करोड रुपैयाँ लगानीमा पूर्वाधार निर्माण हुने भएको छ ।
नगरपालिकाका अनुसार वेदकोट नगरपालिकाको दुई करोड ४५ लाख र संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको चार करोड ५५ लाख गरेर सात रुपैयाँ लगानीमा पूर्वाधार निर्माण हुने जनाइएको छ । दुई वर्षभित्र पूर्वाधार तयार पारिने वेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले वताए ।
लिङ्गा क्षेत्रमा विवाह मण्डप, पार्क, नदी तटबन्ध गर्ने कार्य, बायो इन्जियरिङ्ग, ध्यान केन्द्र तथा हेल्थ केयर सेन्टर निर्माण, आउटर बाउन्ड्री निर्माण, नेपालको पूर्व देखिपश्चिमसम्मका महादेवका मूर्ती स्थापना हुने बताइएको छ ।
यसैगरी, सोसल कल्चरल एरिया, घण्टी स्थल, स्नान गृह, चिडियाघर, वेदकोट संग्रहालय, वेदकोटदेखि लिङ्गा क्षेत्र जोड्ने पदमार्ग, रिर्सोट, कटेज, रेस्टुरेन्ट, विश्राम स्थल, खानेपानी व्यवस्थापन केन्द्र लगायतका विभिन्न पूर्वाधार निर्माण हुने नगर प्रमुख चन्दले बताएका छन ।
वेदकोट नगरपालिका भरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थहरुको वृद्धि विकासका लागि यस वर्ष थप एक करोड लगानी गरेको नगरपालिकाका प्रमुख चन्दले जानकारी दिए । धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार विकासको क्षेत्रलाई विशेष प्राथमिकता दिएर नगरपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा बजेट विनियोजन गरेको नगर प्रमुख चन्दले वताए ।
धार्मिक तथा पर्यटकीय स्थलहरुमा खानेपानीको व्यवस्था मिलाउने, धर्मशाला बनाउने, सुरक्षा व्यवस्था, बिजुलीको तथा सोलारको पहुँच गराउने जस्ता कार्यहरुमा नगरपालिकाले बजेट बजेट खर्चेको जनाइएको छ ।