आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

कांग्रेसले हैसियत अनुसारको आकांक्ष राख्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाई

सुदुर दृष्टि १५ फाल्गुन २०७७, शनिबार १९:४६ मा प्रकाशित ( ५ महिना अघि) २०३ पाठक संख्या

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले हैसियत अनुसारको आकांक्ष राख्नुपर्ने बताएका छन । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनताले आफूहरूलाई प्रतिपक्ष भएर बस्ने हैसियत दिएकाले हैसियत अनुसारको आकांक्षा राख्नुपर्ने बताएका हुन ।
वरिष्ठ नेता पौडेलले व्यवस्था बचे मात्र सत्तामा बस्न पाइने भएकाले कांग्रेसले सत्तालाई भन्दा व्यवस्थालाई महत्व दिनुपर्ने बताए । अहिलेको अवस्थामा कांग्रेस व्यवस्था बचाउनतर्फ लाग्नुपर्ने उनको जोड छ । सत्ताका लागि विभिन्न प्रस्ताव आए पनि नफुर्कन पौडेलले नेतृत्वलाई सचेत गराए ।
पौडेलले अहिलेको संविधान उत्कृष्ट भएकाले संविधानको रक्षाको लागि कांग्रेस दृढ भएर लाग्नुपर्ने बताएका छन । जति आन्दोलन गरे पनि अहिलेको जस्तो उत्कृष्ट संविधान बन्न नसक्ने उनको दावी छ । नेता पौडेलले नेपाली कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ नभनेर गल्ती गरेको बताए ।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेपछि पुनःस्थापना नगरी कसरी संवैधानिक हुन्छ भन्दै उनले प्रश्न गरे ।उनले प्रतिनिसभा पुनःस्थापना नभएको अवस्थामा देश पुनः गृह युद्धमा जानसक्ने सम्भावना रहेकोमा सर्वोच्चले बचाएको तर्क गरेका छन । वरिष्ठ नेता पौडेलका अहिलेको अवस्थामा मुख्य अपराधी केपी ओली भएकोे आरोप लगाएका छन ।
संविधान र राष्ट्रलाई जोखिममा पार्ने अपराधीसँग चोचोमोचो मिलाउन नहुनेमा उनको जोड छ । वरिष्ठ नेता पौडेलले कम्युनिष्ट पार्टीसँग सिद्धान्त नएभकाले मौसम अनुसारको चोला बदल्ने बताउँदै परिवर्तनको हरेक मोडमा नेतृत्व र जग बसाउने पार्टी कांग्रेस भएको दावी गरेका छन ।