आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

कांग्रेस खेलकुद विभागको आयोजनामा कृष्णपुरमा पेनाल्टी शुट आउट फुटबल प्रतियोगिता सुरु

सुदुर दृष्टि १५ फाल्गुन २०७७, शनिबार १९:५० मा प्रकाशित ( १ महिना अघि) ७५ पाठक संख्या

नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागको आयोजनामा कञ्चनपुरको कृष्णपुरमा पेनाल्टी शुट आउट फुटबल प्रतियोगिता सुरु भएको छ । विभागले आयोजना गरेको ‘सहिद मदनराज जोशी (शास्त्री), निर्मल ओझा तथा गोपालदत्त जोशी स्मृति डे-नाइट पेनाल्टी शुट आउट फुटबल प्रतियोगिता’ कृष्णपुरमा शनिबार सुरु भएको हो ।
कृष्णपुर नगरपालिका- ४ स्थित लालिगुराँश युवा क्लवको मैदानमामा सुरु भएको प्रतियोगिताको विजेता टिमलाई नगद एक लाख एक हजार एक सय ११ रुपैयाँ, ट्रफी, पदक र प्रमाणपत्र पुरस्कार राखिएको छ । यस्तै दोस्रो हुने टिमले ५१ हजार एक सय ११ रुपैयाँ र उत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने बताइएको छ ।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका फुटबल टिमहरु सहभागी भएका छन् । प्रतियोगिताको उद्घाटन केन्द्रीय खेलकुद विभागका संयोजक मोहनबहादुर बस्नेत र शुभेच्छुक संस्था समन्वय विभागका संयोजक एनपी साउदले गरेकोे केन्द्रीय खेलकुद विभागका सदस्य ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् ।