आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

नेकपा अध्यक्ष प्रचण्डको अभिब्यक्तिको ओलि समुह निकट युवा र बिधार्थिहरुद्धारा कञ्चनपुरमा बिरोध

सुदुर दृष्टि १६ फाल्गुन २०७७, आईतवार १३:०० मा प्रकाशित ( ५ महिना अघि) २४० पाठक संख्या

कञ्चनपुरको महेन्द्रनगरमा नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले एक अन्तबार्तामा दिएको अभिब्यक्तिको नेकपा ओली समूह निकट युवा र बिधार्थिहरुले बिरोध जनाएका छन । आईतबार (आज )कञ्चनपुरको महेन्द्रनगरमा प्रदर्सन गर्दै प्रचण्डको अभिब्यक्तिको बिरोध जनाएका हुन ।


प्रदर्शनका क्रममा ‘ हामीलाई कम्फट भारत बनाउने नेता हैन, नेपाल र नेपाली जनतालाई कम्फट हुने नेता चाहिएको छ , भारत कम्फर्ट हुने सरकार नेपालिलाई होईन, दलालहरुलाई चाहिएको हो, ओलि बा बोल्दा भारत रिसाउने, प्रचण्ड कमरेड भारत रिझाउने ,जनताको पक्षमा बालुवाटार ,भारतको पक्षमा खुमलटार, प्रचण्ड कमरेड मुर्दावाद ‘प्रचण्डको नेपाली नागरिकता खारेज गर,’ लगायत नारा लेखिएका प्लेकार्ड सहभागीले बोकेका थिए ।


कञ्चनपुरका रेडियन्ट, जनज्योति लगायतका लगायतका बिभिन्न क्याम्पस,बिधालय र ठाउँबाट  सुरु भएको बिरोध प्रदर्सन मदनचोकमा पुगेर सम्पन्न भएको अनेरास्वबियुका केन्द्रिय सदस्य कमल रोकायाले जानकारी दिएका छन । नेपालीको चिन्ता भन्दा बिदेशिको चिन्ता गर्ने नेता र पार्टिले नेपालको हित नगर्ने भएकाले बिरोध गर्नु परेको उनले बताए । बिदेशिहरुलाई प्रशय दिने दलाल नेताले नेपाल र नेपालीहरुको हितमा कहिल्यै पनि काम नगर्ने र प्रचण्डले पनि अहिले सम्म काम गर्न नसकेको उनको भनाई छ । बिरोध कार्यक्रममा नेकपा ओली समूह निकट युवासंघ नेपालका केन्द्रिय सदस्य प्रसान्त भट्ट, अनेरास्वबियुका केन्द्रिय सदस्यहरु सैलेन्द्र बस्नेत, कमल रोकाया, धर्मराज जोशि , सरोज भण्डारी लगायतका बिधार्थि र युवाहरुको सहभागिता रहेको थियो ।


हालै प्रचण्डले एक अन्तरवार्तामा आफूहरुको समूहसहित कांग्रेस र जनता समाजवादी पार्टीको गठवन्धन बने भारतका लागि सबैभन्दा कम्फर्टेबल हुने अभिव्यक्ति दिएका थिए ।