आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

कार्यबाहक अध्यक्ष महराको नेतृत्वमा चलायमान बन्दै नेबिसंघ डडेल्धुरा ।

सुदुर दृष्टि २५ फाल्गुन २०७७, मंगलवार २०:५७ मा प्रकाशित ( १ महिना अघि) २८५ पाठक संख्या

नेपाल बिधार्थि संघ डडेल्धुरामा कार्यबाहक अध्यक्ष महराको नेतृत्वमा नेपाल बिधार्थि संघ डडेल्धुरा चलायमान बन्दै गएको छ । लामो समय सम्म निस्कृय रहेको नेपाल बिधार्थि संघ डडेल्धुरालाई महराले अहिले बिधालय र क्याम्पसमा कमिटि बिस्तार संगै चलायमान बनाएका हुन ।
मिति २०७७ साल साउन १३ गते नेपाल बिधार्थि संघ डडेल्धुराका अध्यक्ष दिपेन्द्र भट्टले महरालाई कार्यबाहक अध्यक्षमा नियुक्त गरे संगै महरा संगठन बिस्तार, भेला, प्रसिक्षण कार्यक्रममा सक्रिय देखिएका छन ।

का.वा.अध्यक्ष महराले आफ्नो नियुक्त संगै जिल्ला कमिटि बिस्तार गरेका थिए । उनले नेपाल बिधार्थि संघ डडेल्धुरा जिल्ला कमिटिलाई ससक्त बनाउन थप ५४ जना सदस्य मनोनयन गरेका थिए । लोकतान्त्रीक पक्षधर बिधार्थिहरु समेटेर अहिले जिल्लाका अधिकान्स स्थानियतहमा रहेका बिधालय र क्याम्पस केन्द्रित कमिटि बिस्तार गरीरहेको र जिल्लाका ७ बटै स्थानिय निकायमा कमिटि बिस्तारका लागि प्रतिनिधि खटाएको समेत उनले बताए ।
डडेल्धुराको अमरगढि नगरपालिकाका बिधालय र क्याम्पसमा कमिटि बिस्तारको काम सम्पन्न गरेर अहिले डडेल्धुराकै सबै भन्दा बढि जनसंख्या रहेको भित्रिमदेश क्षेत्रको परसुराम नगरपालिकामा रहेका बिधालयमा नेपाल बिधार्थि संघको क्याम्पस र बिधालयमा कमिटि गठन गरीरहेको उनको भनाई छ ।
अहिले सम्म डडेल्धुरा जिल्लाका अमरगढि नगरपालिकाका १४ ,परसुराम नगरपालिका ७ बिधालय र क्याम्पसमा कमिटि गठन गरेको, परसुराम नगरपालिकाका बाकि र अन्य स्थानियतहका बिधालय ,क्याम्पसमा नेपाल बिधार्थि संघको कमिटि गठन बिस्तार कार्यक्रम जारी रहेको उनले जानकारी दिए ।
जिल्ला भरी नेपाल बिधार्थि संघ बिस्तार र कमिटि गठन संगै जिल्ला भरी छरीएर बिधार्थिहरु संगठित हुन लागेको उनले जानकारी दिए । प्रत्येक बिधालय र क्याम्पसमा गएर बिधार्थिहरुका समस्या समाधानका लागि समेत पहल भईरहेको उनले बताए । बिधार्थिमा लुकेर रहेका प्रतिभाहरुलाई उजागर गर्न समेत बिभिन्न कार्यक्रम गरीरहेको उनले बताए ।


अहिले संगठन बिस्तारका ब्यस्त छौ, उनले भने, ‘जिल्ला भरी संगठन बिस्तार सकिएपछि प्रसिक्षण कार्यक्रम सञ्चालन गर्ने छौ ।’ समाजमा रहेका बिकृति बिसंगति, अन्याय, अत्याचार, भ्रष्टाचार, महिला हिंसा, रुढिबाढि परम्परा, कुरीतिका जस्ता गलत कार्यको अन्त्य गरी सुन्दर समाज निर्माणका लागि बुलन्द आवाज उठाउन बिधार्थिहरुलाई पे्ररित गर्ने उदेश्य सहित प्रसिक्षण दिने समेत उनले जानकारी दिए ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल बिधार्थि संघले सदैब देश र जनताको लागि कार्य गर्दै आएकाले लोकतन्त्रको रक्षाका लागि आफुहरु सदैब खटिदै आएको समेत कार्यबाहक अध्यक्ष महराको भनाई छ । नेपाली कांग्रेस पार्टि भित्र र बाहिर युवा तथा महिलालाई उचित सम्मान सहित नेतृत्व दिनु पर्ने आबश्यकता समेत उनले औल्याए ।समुन्वत र समृद्ध समाजको परिकल्पना सहित लोकतन्त्रको रक्षा र बिधार्थिहरुको समस्याहरुको उचित संबोधन तथा ब्यबसायिक तथा जिबनोपयोगि शिक्षाका लागि ससक्त आबाज उठाउने अबको आफ्नो यात्रा रहेको नेपाल बिधार्थि संघ डडेल्धुराका कार्यबाहक अध्यक्ष महराले बताएका छन ।

नेपाल बिधार्थि संघ डडेल्धुराको का.वा अध्यक्षको जिम्मेबारी महराले लिए संगै संगठन ससक्त देखिएको नेपाल बिधार्थि संघ डडेल्धुराका जिल्ला सदस्य निरज जोराले बताएका छन । नेपाल बिधार्थि संघ लाई प्रत्येक स्थानियतह हुदै गाउँगाउँ सम्म पुर्याउने आफुहरुको योजना रहेको जिल्ला सदस्य जोराको भनाई छ । अब संगठित र ससक्त नेपाल बिधार्थि संघ बनाउने आफुहरुको योजना रहेको र त्यसै अनुसार आफुहरु अगाडि बढेको नेपाल बिधार्थि संघका नेता भरत जोशिले बताएका छन ।