आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

माओवादीबाट सरकारमा गएका र फिर्ता नभएका मन्त्रीहरुलाई कारबाही गर्ने माओवादी केन्द्रको तयारी

सुदुर दृष्टि १ चैत्र २०७७, आईतवार ०९:५० मा प्रकाशित ( १ महिना अघि) ५८ पाठक संख्या

 

 

 

 

 

 

माओवादी केन्द्रले माओवादीबाट सरकारमा गएका र फिर्ता नभएका मन्त्रीहरुलाई कारबाहीको तयारी गरेको छ ।हिजो बसेको केन्द्रको स्थायी कमिटी बैठकले उनीहरुलाई सरकारबाट फिर्ता हुन र २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो ।

केन्द्रले निर्देशन दिए पनि गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणी थापालगायत मन्त्रीहरु फिर्ता नहुने मुडमा छन् ।बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले माओवादीबाट मन्त्री बनेर अहिलेसम्म फिर्ता नभएकाहरुलाई कारबाही तयारी भएको केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

तर माओवादीले फिर्ताका लागि निर्देशन दिएका मन्त्री र केही सांसदहरुलाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाइसकेका छन् ।माओवादी नफर्कने निर्णय गरेकाहरुलाई केही महत्त्वपूर्ण जिम्मेवारीसमेत दिइएको छ । माओवादी केन्द्रले कारबाहीको तयारी गरे पनि उनीहरु फिर्ता नहुने मनस्थितिमा रहेका छन् ।