आज: ५ असार २०७८, शनिबार | Sat, 19, Jun, 2021
FLASH NEWS

कञ्चनपुरको शुक्लाफाँटामा स्वास्थ्य शिविर

सुदुर दृष्टि १ चैत्र २०७७, आईतवार १०:२० मा प्रकाशित ( ३ महिना अघि) १३८ पाठक संख्या

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा शनिबार आयोजना गरिएको एकदिने स्वास्थ्य शिविर कार्यक्रमबाट ४४४ जना लाभान्वित भएका छन् ।

वडा नम्बर ९ कार्यालयले आयोजना गरेको शिविरमा स्वास्थ्य सेवा लिन आएका बिरामीको निःशुल्क जाँच, महिलाको पाठेघर जाँच, आँखा जाँचसँगै निःशुल्करूपमा औषधि वितरण गरिएको छ । शिविरमा आँखारोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, एमडिजिपी, एमपिबिएमलगायतले सेवा प्रदान गरिएको वडाध्यक्ष रमेशबहादुर ऐरले बताए ।

शिविरमा आँखा जाँच गराउन आएका २५० जनामध्ये कमजोर दृष्टि दोष रहेका १०० बिरामीलाई निःशुल्क रूपमा चश्मा वितरण गरिएको छ । आँखामा मोतियाविन्दु भएका ३१ बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि सिफारिस गरिएको छ । शिविर सञ्चालनका लागि दुई लाख बजेटको व्यवस्था गरिएकामा एक लाख निःशुल्क औषधि वितरण गर्नका लागि खर्च भएको वडाध्यक्ष ऐरले बताए ।

आँखाको उपचार गर्न शिविरमा पुगेका ५० वर्षीय राजेन्द्र बोहराले घरआँगनमै सेवा पाउँदा निकै खुशी भएको बताए ।

दुर्गम क्षेत्रमा रहेका सर्वसाधारणका लागि विशेषज्ञसहितको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन स्वास्थ्य शिविर आयोजना गरिएको नगरप्रमुख दिलबहादुर ऐरले बताए । शिविरका माध्यमबाट अतिविपन्न अवस्थाका व्यक्ति बढी लाभान्वित भएको उनको भनाइ छ । शिविरमा वडा नम्बर ९, १०, ११, ५, ४, ६, ७ र ८ का बासिन्दाले सेवा लिएका छन् ।