कञ्चनपुरको लालझाडी गाँउपालिकामा निर्माण हुने भएको छ । सारथी श्रृजनशील समाज नेपालले लालझाडी गाँउपालिका ३ बल्मीमा गौशाला निर्माण गरिने भएको हो ।
सारथी श्रृजनशील समाज नेपालका अध्यक्ष चक्रदेव जोशी(सल्लाल)ले ग्लोबल एजुकेशन फाउन्डेसन प्रालिको नाममा रहेको साढे दश विगाह जमिनमा गौशाला निर्माण हुने बताए । उनका अनुसार भागेश्वर कृषि पशुपालन फर्मको सहकार्यमा १५ बर्षका लागि निशुःक जमिन पाईएको छ ।
सारथी श्रृजनशील समाज नेपालका अध्यक्ष चक्रदेव जोशी(सल्लाल) र संरक्षक समेत रहेका मोहनचन्द्र अधिकारी(नेल्शन मण्डेला)द्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा विश्वकै ५१फिट अग्लो भगवान शिसब र कृष्ण दिव्य मन्दिर निर्माण गरिने जनाईएको छ ।