आज: ५ असार २०७८, शनिबार | Sat, 19, Jun, 2021
FLASH NEWS

सुदुरपश्चिमाञ्चल बिश्वबिधालयले गरेको सुल्क बृद्धिको ब्यापक बिरोध ,फिर्ता लिन नेबिसंघका निर्बमान केन्द्रिय सदस्य चन्दको माग

सुदुर दृष्टि १ चैत्र २०७७, आईतवार १२:०६ मा प्रकाशित ( ३ महिना अघि) १३० पाठक संख्या

 


सुदुरपश्चिमाञ्चल बिश्वबिधालयले पछिल्लो समयमा गरेको सुल्क बृद्धिको नेपाल बिधार्थि संघ सुदुरपश्चिमाञ्चल बिश्वबिधालय समुन्वय समितिले बिरोध जनाएको छ । आज नेपाल बिधार्थि संघका निर्बमान केन्द्रिय सदस्य कैलास चन्दद्धारा जारी प्रेश बिज्ञप्तिमा सुदुरपश्चिमाञ्चल बिश्वबिधालयले सुल्क बृद्धि गरेर गरीब जनताका छोराछोरीको उच्च शिक्षा हासिल गर्ने सपना माथि तुसारापात गरेको बताईएको छ ।
सुदुरपश्चिमाञ्चल बिश्वबिधालयमा कार्यरत ब्यक्तीहरुको संस्थागत आबश्यकता र हित भन्दा पनि निजि स्वार्थका लागि बिश्वबिधालय लाई सञ्चालन गरेको समेत बताईएको छ । सुदुरपश्चिमबासि जनताका छोराछोरीmे सहज, सहुलियतर गुणस्तरीय शिक्षा पाउनु पर्ने ठाँउमा बिभिन्न बाहनामा गरीएको चर्को सुल्कबृद्धिले गरीब बिधार्थिहरुको डाढ सेक्ने काम भएको समेत उल्लेख गरीएको छ । सुदुरपश्चिमाञ्चल बिश्वबिधालयले गरेको सुल्कबृद्धि तत्काल फिर्ता लिन समेत माग गरीएको छ ।
यस्तै, सुदुरपश्चिमाञ्चल बिश्वबिधालयका अन्तर्गतका आंगिक क्याम्पसहरुमा सञ्चालित बिबिए नयाँ भर्नाको प्रबेश परिक्षामा समेत अनियमितता गरेको बिज्ञप्तिमा उल्लेख गरीएको छ ।
बि.सं २०७७ साल फाल्गुन २४ गते लिईएको बिबिए प्रबेश परिक्षाको बिभिन्न बाहानामा नतिजा रोकि बिधार्थि तथा अभिभाबकलाई तनाब दिने काम भएको समेत चन्दले बताएका छन ।
बिभिन्न बाहानामा स्थगित गरीएको बिबिएको प्रबेश परिक्षा सुचारु गर्न र परिक्षामा भएको अनियमितताको यतार्थ छानबिन गरी दोसि उपर कारबाहिको माग प्रेश बिज्ञप्ति  मार्फत गरीएको छ ।