आज: २ जेष्ठ २०७८, आईतवार | Sun, 16, May, 2021
FLASH NEWS

इन्जिनियरिङ विद्यार्थी समाजको अध्यक्षमा बडाल निर्बाचित ।

सुदुर दृष्टि १ बैशाख २०७८, बुधबार ०७:४१ मा प्रकाशित ( १ महिना अघि) १८० पाठक संख्या

सुदुरपश्चिम बिश्वबिद्धालयको इन्जिनियरिङ बिद्यार्थी समाजको निर्वाचनमा बिरेन्द्र सिह बडाल निर्बाचित भएका छ्न। बरिस्ठ उपाध्यक्ष रबिन खडका, उपाध्यक्षद्वय निरज धामी र निसान्त साउद, महासचिवमा सागर थापा, कोशाध्यक्षमा स्मृती पाण्डे, सचीवमा यज्ञराज भट्ट ,सदस्यहरुमा भोजराज जोशी, महेश पान्डे, मनिसा जोशी, खेमराज शर्मा, हेमराज जोशी र खेम बि.क. गरि १३ सदस्यीय समिती गठन भएको छ।
इन्जिनियरिङ बिभागको केन्द्रीय क्याम्पसमा स्थापित इन्जिनियरिङ बिद्यार्थी समाजले इन्जिनियरिङ बिद्यार्थीहरुका हकहितको लागि आवाज उठाउदै आएको छ । सुदुर पश्चिम बिश्वबिद्धालयका इन्जिनियरिङ बिद्यार्थीको हकहितको लागि सदैब डटिरहने र इन्जिनियरिङ बिद्यार्थी समाजलाई इन्जिनियरिङ बिद्यार्थीहरुको अभिभावक बनाउन आफू र आफ्नो टिम सबै संग सहकार्य गर्न अग्रसर रहने अध्यक्ष बडालले बताएका छन ।